समाज

पर्सामा हवाहुरीले सरोज रामको मृत्यु, ५ जनाको उपचार हुँदै

काठमाडाैँ - पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट १८ वर्षीय सरोज रामको मृत्यु भएको छ।

विरगन्ज महानगरपालिका १८ बस्ने सरोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। त्यस्तै घाइतेहरुको नारायणी उपक्षेत्रिय अस्पातल र विरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ।

हवाहुरीका कारण व्यापक मात्रमा भाैतिक संरचनामा क्षति पुगेकाे प्रहरीले जनाएकाे छ। क्षतिकाे विवरण  संकलन भइरहेकाे छ।

 

प्रकाशित: १८ चैत्र २०७५ ०२:२५ सोमबार

हवाहुरी उपचार