समाज

ओखलढुंगा दुर्घटना : मृतकको सनाखत

सोलुखुम्बु– ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मुत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। 

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ।

घाइतेलाई प्राथमिक उपचार घुर्मिमा भइरहेको छ। जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १७ चैत्र २०७५ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App