समाज

अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

लण्डन- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ। गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो। गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले गृहमन्त्री राम बहादुर थापालाई भेटी डेक्स स्थापनाबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि अपिल गरेका थिए।

डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए। उनले सरकारले गैर आवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने बताए। शुक्रवारबाट सुरु हुने लगानी सम्मेलनमा समेत उत्साहपूर्वक सहभागी हुने उनको भनाई थियो।

कार्यक्रममा अध्यक्ष भट्टसहित महासचिव डा. बद्री केसी, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिती थियो।

प्रकाशित: १५ चैत्र २०७५ ११:३९ शुक्रबार

त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल विशेष_अध्यागमन_डेस्क गैर_आवासीय_नेपाली