समाज

एकपछि अर्को एसइईको प्रश्नपत्र बाहिरिँदै, नियमिततर्फको परीक्षा स्थगित

राैतहट - प्रदेश २ को सामाजिक विषयको प्रश्नपत्र पहिल्यै बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। एसइई अन्तर्गत आज शुक्रबार हुने उक्त अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र आउट भएपछि नियमिततर्फको परीक्षा स्थगित भएको हो।

८ बजे परीक्षा सुरु हुनुपर्ने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि बाहिरिएको थियो। सामाजिक सञ्जालहरूमामार्फत प्रश्नपत्र बाहिर आएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक बोलाएर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बिहीबार पनि प्रदेश नम्बर २ को विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनु अगावै बाहिरिएको थियो। सप्तरीबाट प्रश्नपत्र बाहिरएको सूचना पाएपछि बोर्डले प्रदेश २ को उक्त विषयको परीक्षा रद्ध गरेको थियो। बोर्ड र प्रदेश सरकारले छानबिनका लागि छुट्टाछुट्टै समिति बनाएको छ। चैत २२ गते उक्त विषयको परीक्षा गर्ने तालिका तोकिएको छ।

यसैबीच प्रश्नपत्र बाहिरिएको विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकार र संघीयता असफल बनाउने षडयन्त्र अनुसार शिक्षा क्षेत्रमा पनि प्रहार सुरु भएको बताएका छन्। यस वर्षदेखि संघीय संरचनाअनुसार एसईई परीक्षाको प्रश्नपत्र केही विषयबाहेक प्रदेशगत रूपमा अलग अलग बनाइएको छ।

प्रकाशित: १५ चैत्र २०७५ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App