समाज

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिकर्मी घिमिरेलाई

काठमाडौँ– यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिककर्मी शिवहरि घिमिरेलाई प्रदान गरिने भएको छ। रिपोर्टर्स क्लब नेपालले दिँदै आएको उक्त पुरस्कार बुधबार छनौट गरिएको हो। ८ वर्षको पत्रकारिता अनुभव संगालेका घिमिरे पछिल्लो तीन वर्षयता उनी नागरिक दैनिकमा कार्यरत छन्। आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे खोज पत्रकारितामा सक्रिय छन्। क्लबको २१ औं वार्षिकोत्सवको दिन चैत्र १७ गते प्रदान गरिने उक्त पुरस्कारको राशि २५ हजार रहेको छ।

त्यसैगरी ‘उमासिंह पत्रकारिता पुरस्कार’ पूर्ण राष्ट्रिय मासिककी प्रकाशक तथा प्रधान–सम्पादक सम्झना वनलाई दिने घोषणा गरेको छ। वन विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन्। पत्रकारिताको माध्यमबाट मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु-याएबापत उनलाई सम्मान गर्न लागिएको हो। 

 

प्रकाशित: १३ चैत्र २०७५ १४:२१ बुधबार

पत्रकारिता_पुरस्कार पत्रकारिता नागरिक_दैनिक