समाज

भीरबाट लडेर एक जनाकाे मृत्यु

सिन्धुली—सिन्धुलीको सुनकोसी गाँउपालिकामा बुधबार एक जनाको लडेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका ५ किराखोरका ६५ वर्षीय रामबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  तामाङको खेतबारीको काम गर्न जाने क्रममा उनको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: १३ चैत्र २०७५ ११:३० बुधबार

मृत्यु भीर