समाज

पञ्चवर्षीय योजना बनाउँदै फालेलुङ

पञ्चवर्षीय योजना निर्माणका लागि समूहगत छलफल गरिँदै ।    तस्बिरः गिरिराज/नागरिक

पाँचथर–विकासमा फड्को मार्न भन्दै फालेलुङ गाउँपालिकाले पञ्चवर्षीय योजना बनाउने काम अघि बढाएको छ।  विकासका लागि आवश्यक लक्ष्य निर्धारण गरी सोहि अनुसार बजेट विनियोजन गरी गाउँपालिकाले योजनाको काम अघि बढाएको हो।

यहाँका सबै वडाका जनप्रतिनिधि, राजनीतिक दल, विषयगत कार्यालयका प्रमुख, स्थानीय संघ सस्थाका प्रतिनिधिले अबको पाँच वर्ष के–के काम गर्ने भन्ने विषयमा छलफल गरेका छन्। ८० जना सहभागिले तीन दिन लगाएर विषयगतरुपमा छलफल गरी भावी योजनाका बारेमा सुझाव राखेका छन्।

गाउँपालिकाले करिब १५ लाख रुपैयाँ खर्चिएर पञ्चवर्षीय योजना बनाउन लागेको हो। अब वडा तहमा छलफल गर्ने योजना छ। कृषि, पर्यटन, पूर्वाधार, जलस्रोत लगायका विषयलाई आधार बनाएर विकासका काम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले बताए। न्यू–पाल्नेट इन्जिनियरिङ सर्विससँगको सहकार्यमा गाउँपालिकाले पञ्चवर्षीय योजना निर्माणका लागि काम अघि बढाइएको हो।

छलफल, स्थानीय क्षेत्र, तथ्यांक संकलन, अन्तरक्रियाका आधारमा परामर्शदाता कम्पनीले प्रारम्भीक खाका बनाउने जनाइएको छ। खाका बनेपछि स्थानीय स्तरमा छलफल गरेर पञ्चवर्षीय योजना निर्माण गरी कार्यान्वयन गरीने जानकारी दिइएको छ। योजना बनेपछि सोहि अनुसार बजेट तयार गरी कार्यान्वयन गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले जानकारी दिए।

समाजिक विकास, आर्थिक विकास, पूर्वाधार  विकास,  वातावरण विकास र संस्थागत विकासका लागि विज्ञहरूको सहयोगमा समूहगत छलफल गरी सुझाव पेश भएको छ। तथ्यांकहरूको विश्लेषण गर्ने काम भएको छ। जेष्ठ पहिलो हप्तासम्ममा योजना बनिसक्ने बताइएको छ।  समृद्धिका लागि  कृषि, पर्यटन, जलस्रोत र भौतिक पूर्वाधारलाई जोड दिने सहमति भएको छ। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App