समाज

विप्लव समूहका अर्का नेता कालिकाेटबाट समातिए

कालिकाेट - विप्लव समूहका फेरि अर्का नेता पक्राउ परेका छन्। विप्लवको बुद्धजीवी परिषद् संगठन भनिने भ्रातृ संगठका भेरी कर्णाली अध्यक्ष धनराज शाही समातिएका कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए। 

कर्णाली राजमार्ग नजिकै रहेको तिलागुफा नगरपालिका जुबिठा घर भएका उनलाई सोही नगरपालिकाको राताडाबबाट प्रहरीले समातेको हो। उनको साथबाट केही विस्फोटक पदार्थसमेत फेला पारेको प्रहरीले जनाएको छ। यसबारे थप विवरण आउन बाँकी छ। 

प्रकाशित: ११ चैत्र २०७५ ११:१६ सोमबार

विप्लव कर्णाली_राजमार्ग विस्फोटक_पदार्थ