समाज

विप्लव नेकपाका फेरि अर्का नेता पक्राउ

काठमाडाैँ - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पुष्कर आइतबार राती पुर्वी क्षेत्रबाट पक्राउ परेका हुन् ।

काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीको विशेष ब्यूरोले गृहमन्त्रालयको निर्देशनअनुसार विप्लव समूहका नेता तथा कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ । सरकारले फागुन २८ गते  विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित: ११ चैत्र २०७५ ०४:१६ सोमबार

सरकार नेत्रविक्रम_चन्द घनश्याम_श्रेष्ठ पुष्कर