समाज

६ जुवाडे पक्राउ

भक्तपुर – प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुवर्णेश्वर चोकबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ८६ हजार तीन सय दस रुपैयाँ नगद र १० बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका सूचना अधिकृत रेवतीरमण पोखरलेलका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–५ कटुञ्जे बस्ने नर्बु लामा, पाण्डुबजार बस्ने एडी लामा, ठिमी बोडे बस्ने मानबहादुर श्रेष्ठ, काठमाडौं पेप्सिकोला बस्ने सरु राई, पेप्सीकोला बस्ने मिमा राई र सूर्यविनायक बस्ने राखी लामा रहेका छन्।

प्रकाशित: १० चैत्र २०७५ ०३:३७ आइतबार

सूर्यविनायक_नगरपालि जुवाडे पक्राउ