समाज

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुने

नागरिक- नेपाल र जापानबीच कामदार लिने विषयमा आगामी सोमबार श्रम साझेदारी  हुँदैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई देशबीच हुने समझदारीका सबै प्रक्रिया पूरा भइसकेको बताएका छन्। नागरिकसँग कुरा गर्दै मन्त्री विष्टले भने, ‘सबै प्रक्रिया टुंगिसकेको छ अब दुई देशका अधिकारीबीच हस्ताक्षर गर्न मात्र बाँकी छ।’

जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ। दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको छ। जापानले नेपालसहित चीन, भियतनाम, इण्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, म्यानमार र मंगोलियाबाट कामदार लिने बताएको छ । १४ आटा औद्योगिक क्षेत्रमा कामदार राख्न सकिने जापानको भनाइ छ।   

सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ। 

गत पुस २५ गते नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी विदेशमन्त्री तारो कोनोबीच भएको वार्तामा सहमतिपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो। 

 

प्रकाशित: ७ चैत्र २०७५ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App