समाज

ट्रयाक्टरबाट खसेर  मृत्यु

बैतडी - सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ।

बुधबार बेलुका करिब ६ बजे महाकाली राजमार्गअन्तर्गत धरमघर मेलाबाट घर फर्किने क्रममा ट्र्याक्टरबाट खसेर ठूलाखोलामा सुर्नया गाउँपालिका–३ की ४५ वर्षीया सीतादेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

से१त ७६४९ नम्बरको ट्र्याक्टरको ट्रालीबाट ऐरी एक्कासि हाम फाल्दा गम्भीर घाइते उनलाई  उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक दीपक डगौंरा र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक पातलीले बताए।

 

प्रकाशित: ७ चैत्र २०७५ ०७:२५ बिहीबार

ट्रयाक्टर महाकाली_राजमार्ग मृत्यु