समाज

मौसममा आंशिक बदली, साँझ वर्षा हुने

काठमाडौं- प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ। 

दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ६ चैत्र २०७५ ०८:२१ बुधबार

मौसम सामान्य_बदली पहाडी_भेग हल्का_वर्षा