समाज

धादिङमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले  विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २० वर्षीय दिपक पुन मगरको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नं.२३ बस्ने २१ वर्षीय सुरज अधिकारी घाइते भएका छन्। दुवै खुट्टामा चोट लागेका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

ठक्कर दिने ट्रकका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ११ का राम बहादुर गोले प्रहरी नियन्त्रणमा रहेको डिएसपी प्रकाश विष्टले जानकारी दिए। 

प्रकाशित: ६ चैत्र २०७५ ०४:४२ बुधबार

दुर्घटनाः पृथ्वी_राजमार्ग मोटरसाइकल ट्रक