समाज

भीरबाट लडेर एकको मृत्यु

रुकुम – रुकुम (पश्चिम)मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। बाँफिकोट गाउँपालिका –३ का ४० वर्षीय दुर्गाबहादुर खत्रीको लडेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

जंगलमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीय परिचन्द्र खत्रीले जानकारी दिए। मंगलबार बिहान गाउँ नजिकैको जंगलमा घाँस काट्दै गर्दा उनी करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ५ चैत्र २०७५ ११:४९ मंगलबार

लडेर_मृत्यु दुर्गाबहादुर_खत्री