समाज

डिल्लीराज विष्ट अदालतमा, डिएसपी जिसी सम्पर्कविहीन

कञ्चनपुर - कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने सूचना जारी भएपछि  बर्खास्तमा परेका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि विष्ट केही बेर अघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।  

जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले  विष्ट अदालतमा उपस्थित भएको पुष्टि गरे। उनका अनुसार विष्टको बयान लिने तयारी भएको छ।विष्टको बयान पछि थुनथेक बहस हुने बताइएको छ। तत्कालिन एसपी बिष्ट र सिआईवीका निलम्बित डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना फागुन २७ गते  जारी गरेको थियो।

उक्त सूचनाको आधारमा एसपी बिष्ट अदालतमा उपस्थित भएपनि डिएसी जिसी भने अझै सम्पर्कमा आएका छैनन्। प्रहरी द्धय  एसपी  बिष्ट र डिएसपी जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतको आदेशपछि कञ्चनपुरका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्का ९र९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्ट ४ लाख धरौटी बुझाएर रिहा भएका थिए। यस्तै निलम्बित प्रहरी नायव निरिक्षकहरु हरिसिंह धामी साढे ३ लाख, रामसिंह धामी  ३ लाख तथा प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।सो दिन अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरुको मात्रै बयान लिन थालिएको थियो। तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो।

प्रकाशित: ५ चैत्र २०७५ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App