समाज

दुर्घटनामा एक जनाको मृत्यु

धादिङ – जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ तिलारमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।

ढुंगा लोेड गरी खहरेबाट कार्कीगाउँतर्फ जाँदै गरेको ग१ख ५९५९ नम्बरको स्वराज मिनिट्रक सोमबार बिहान अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा त्रिपुरासुन्दरी–७ बस्ने २८ वर्षीय अर्जुन भुजेलको मृत्यु भएको छ।

त्यस्तै त्रिपुरासुन्दरी–४ बस्ने चालक २८ वर्षीय राजेश भण्डारी, वडा ७ मा बस्ने २५ वर्षीय तिलक श्रेष्ठ, सोही वडाका २५ वर्षीय विमला तिमिल्सीना र २६ वर्षीय विष्णु सुर्खेती घाइते भएका हुन्।

घाइते भण्डारी र श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा र अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: ५ चैत्र २०७५ ०५:२९ मंगलबार

दुर्घटना घाइते मृत्यु