समाज

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १३ लाखको क्षति

धादिङ– उत्तरी धादिङको खनियावास गाउँपालिका वडा न. १ गर्तुङमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ। स्थानीय चक्रबहादुर तामाङको घरमा खाना पकाउन राखेको ग्यास चुलोबाट आईतबार सांझ एक्कासी आगलागी भएको हो। आगलागीबाट १३ लाख २४ हजार ४ सय ५० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

आगलागीबाट तामाङको घर पूर्ण रुपमा क्षति भएको छ । घरभित्र भएको अन्नपात ३० बोरा चामल, १० मुरी कोदो, ६ मुरी मकै नगद १ लाख ९२ हजार, सोलार, भाडावर्तन, लत्ताकपडा लगायतका सामान जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। 

प्रकाशित: ४ चैत्र २०७५ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App