समाज

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल

ओखलढुंगा – आफ्नै छोरी बलात्कार गर्ने ओखलढुंगाका एक पुरुषलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ।

हाडनाता करणी मुद्दामा जिल्ला न्यायाधीश कैलाश केसीको इजलासले यस्तो फैसला गरेको हो। गत कात्तिक ८ गते दर्ता भएको उक्त मुद्दामा जिल्ला अदालतले फगुन ९ गते कसुर निर्धारण गरेको थियो। 

गत असोज १० गते उक्त पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेका थिए। घटना हाडनाता करणी भएकाले परिचय गोप्य राखिएको श्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए।

 

प्रकाशित: ३ चैत्र २०७५ ०७:५१ आइतबार

आफ्नै_छोरी बलात्कार जेल_सजाय