समाज

डेढ लाख लिटर मदिरा नष्ट

चितवन – इलाका प्रहरी कार्यालय टाँडीले सञ्चालन गरेको ‘एक टोल एक घन्टा’ अभियानअन्तर्गत एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । प्रहरीले फागुन २३ देखि २९ गते सम्म सञ्चालन गरेको यो अभियानका क्रममा पूर्वी चितवनका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरेको थियो ।

कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका विभिन्न स्थानमा खटिएको टोलीले सो परिमाणमा घरेलु मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए ।

राप्तीमा बरामद मदिरा भण्डारामा, खैरहनीमा बरामद मदिरा खैरहनीमा र रत्ननगरमा बरामद मदिरा बिहीबार रत्ननगरमा नष्ट गरिएको जानकारी उनले दिए । एक सा तामा यति ठूलो परिमाणमा घरेलु मदिरा बरामद हुनुलाई उनले प्रहरीको सफलताको रुपमा अथ्र्याए । अभियानअन्तर्गत नदीजन्य पदार्थ अवैध ओसारपसारमा संलग्न भएका ११ वटा टिपर र ट्याक्टरलाई पनि कारबाही गरिएको उनले जानकारी दिए ।

प्रकाशित: २ चैत्र २०७५ ०१:५७ शनिबार

इलाका_प्रहरी_कार्यालय मदिरा_नष्ट