समाज

मजदुर बोकेको बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यु, ८ जना गम्भीर घाइते

दोलखा - दोलखामा मजदुर बोकेको बस दुर्घटनामा परेको छ। बिगु गाउँपलिका–१ माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुलाई कार्यस्थलतर्फ लैजाने क्रममा उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २ जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।

बा.४. ख ४५७३ नम्बर बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरीकोटका प्रमुख डिएसपी किरण कुमार कठायतले बताए। उनका अनुसार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लम्जुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हिरा प्रसाद निजारको घटनास्थलमै मृत्यु भएको हो। 

उनले उकालो बाटोमा घुमाउन नसकि बस सडकबाट अन्दजी १५ मिटर तल खसेर दुर्घटनामा परेकाे बताए। त्यस्तै वसमा सवार १२ जना सामान्य घाइते भएका छन्। घाइतेहरुकाे उद्धार कार्यमा प्रहरी र स्थानीयवासी लागेको छन्। थप विवरण आउन बाँकी छ।

प्रकाशित: १ चैत्र २०७५ ०३:२१ शुक्रबार

मजदुर बस_दुर्घटना