समाज

राैतहटमा शंकास्पद वस्तु फेला

रौतहट - रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकको नहरमा शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु बम रहेको आशंका गरिएपनि सो वस्तु प्रेसर कुकर रहेको र त्यसभित्र कागजका टुक्राहरु मात्रै भरिएको प्रमुख सेनानी सुजन शाक्यले जानकारी दिए।

बम रहेको आशंका पछि गौरको इन्द्रवक्स गणबाट खटिएको नेपाली सेनाको टोली उक्त स्थानमा डिस्पोजकालागि गएको थियो। तर, उक्त प्रेसर कुकरमा कागजका टुक्रा मात्रै फेला परेका शाक्यले बताए।

बम भेटिएको आशंका पछि बन्द रहेको यातायात सेवा अहिले सुचारु भएको छ। विप्लव समूहले बिहीबार नेपाल बन्दको घोषणा गरेकाले सो समूहले नै जनजीवनलाई त्रसित पार्न उक्त शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:३४ बिहीबार

शंकास्पद_वस्तु बम प्रेसर_कुकर