समाज

अनामनगरमा शंकास्पद वस्तु फेला

काठमाडौं– राजधानीको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्ट बुधबार साँझ कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अनामनगरको पानी ट्यांकी नजिकै शंकास्पद वस्तु भेटिएको र नेपाली सेनाको टोलीले डिस्पोजको प्रयास गरिरहेको बताए।

प्रकाशित: २९ फाल्गुन २०७५ १५:०८ बुधबार

शंकास्पद_वस्तु अनामनगर नेपाली_सेना