समाज

मलेसियामा अलपत्र २३ नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं - रोजगारिका लागि मलेसियामा गएर अलपत्र परेका २३ नेपालीलाई राजदूतावासले नेपाल फर्काएको छ। मलेसियाको विभिन्न क्षेत्रको घर फिर्ती केन्द्रमा अलपत्र परेका २३ नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ। 

राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा बसेर स्वदेश फर्कन हवाई टिकटसम्म ब्यहोर्न नसकेका नेपालीलाई स्वदेश फर्काइएको हो। फागुन १६ गते एक जना, २१ गते चार जना  र  २८ गते १८ जना नेपालीहरू नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ। 

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा उनीहरूमा शारीरिक तथा मानसिक समस्या  देखिने भएकाले राजदूतावासले एकतर्फी हवाई टिकट उपलब्ध गराउँदै आएको छ। राजदूतावासबाट अलपत्र परेका नेपालीहरूलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी रहने दूतावासले जनाएको छ।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App