समाज

विद्यार्थीलाई पोशाक वितरण

भक्तपुर – दुई विद्यालय गाभिएर एक भएको भक्तपुरको एक विद्यालयका विद्यार्थीले पोशाक पाएका छन्। विद्यार्थी कम भएको भन्दै सूर्यविनायक नगरपालिकाले गत जेठमा महेन्द्र निम्न माध्यामिक विद्यालय र भैरवी आधारभूत विद्यालय समायोजन गरी कटुञ्जे आधारभूत विद्यालय बनाएको थियो।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न सहयोगीहरुले गरेको सहयोग पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक यमपी भुसालले बताए। विद्यालयमा अध्ययनरत एक सय २० विद्यार्थीलाई पोशाकअन्तर्गत ट्रयाक सुट वितरण गरिएको थियो।

विभिन्न ठाउँबाट बसाइँसरी आएका र दैनिक ज्यालादारीमा काम गर्ने अभिभावकका सन्तान अध्ययनरत विद्यालयका विद्यार्थीहरुलाई स्थानीय अनिता पाण्डे, सर्मिला खुलीमुली, उद्धवराज पौडेल, विश्वजीत राना, किरण थापा र आत्मनिर्भर युवा समाजको पहलमा पोशाक उपलब्ध गराइएको हो।

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:३२ बुधबार

विद्यालय विद्यार्थी पोशाक