समाज

लडेर वृद्धको मृत्यु

खोटाङ – खोटाङमा मंगलबार लडेर एक वृद्धको मृत्यु भएको छ। दाउरा लिएर घर फर्कने क्रममा लडेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाको ७० वर्षीय टीकाराम गुरुङको मृत्यु भएको हो।

खेतमा गहुँबाली हेरचाह गरेपछि दाउरा लिएर फर्कने क्रममा लडेर गुरुङको मृत्यु भएको वडासदस्य चित्र राईले जानकारी दिए। करिब १५–१६ फिट तल खोल्सीमा खसेका गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (खोटाङ)का प्रहरी निरीक्षक केशव कटवालले बताए।

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:२६ बुधबार

खोटाङ वृद्ध मृत्यु