समाज

लागूऔषधसहित २ जना पक्राउ

रौतहट – प्रतिबन्धित लागूऔषध सहित २ जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सिमावर्ती भारतीय बजारबाट काठमाडौंतर्फ लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौं टोखा नगरपालिका २९ का २१ वर्षीय प्रिन्स तामाङ र तारकेश्वर नगरपालिका ३ का २३ वर्षीय विकास मर्हजनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाको साथबाट नाइर्टोभेट ट्याब्लेट ६८० पिस, नोरफिन इन्जेक्शन ८० पिस, डाइजीपाम ८० पिस, प्रोमेथाजीन ८० पिस र ३ थान मोबाइल सेटसहित सशस्त्र प्रहरी गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी प्रमुख एसपी कृष्ण ढकालले बताए। शनिबार नेकपा प्रदेश २ ले आयोजना गरेको

आम सभाका लागि सम्पुर्ण सुरक्षा युनिट केन्द्रित भएको बेला भारतीय बजारबाट सजिलो रुपमा लागूऔषध लिएर जाँदै गरेको विषेश सुचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिम्मा लगाइएको एसपी ढकालले बताए। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०७:१२ आइतबार

लागूऔषध भारतीय_बजार पक्राउ