समाज

दुर्घटना जाँचबुझ समिति पाथीभरा मन्दिर पुग्यो

ताप्लेजुङ – हेलिकोप्टर दुर्घटनाको विषयमा छानबिन गर्न गठित जाँचबुझ टोली ताप्लेजुङको पाथीभरा मन्दिर पुगेको छ। यही फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटना भएपछि सरकारले जाँचबुझ समिति गठन गरेको थियो।

पाथीभरा मन्दिरको दर्शनपछि उडेको ३४ सेकेण्डमै उत्तर–पश्चिम क्षेत्रमा पर्ने सिस्नेखोलास्थित तारेभीरमा हेलिकोप्टर दुर्घटना हुँदा सबैको ज्यान गएको थियो। हेलिकोप्टरका दुर्घटनाको विषयमा मन्दिर क्षेत्र र त्यहाँ रहेका प्रत्यक्षदर्शीसंग सम्बाद गर्न टोली पाथीभरा मन्दिर पुगेको हो।

मन्दिरको दर्शन गर्ने र त्यसपछि घटनाका प्रत्यक्षदर्शी र स्थानीयसँग सम्बाद गर्ने उदेश्यले जाँचबुझ समिति मन्दिरतर्फ प्रस्थान गरेको हो। टोलीमा नेपाल सरकारका पूर्व सचिव यज्ञ गौतमको नेतृत्वमा ४ सदस्यीय रहेका छन्। अनुसन्धानका लागि दुर्घटनास्थल तारेभीरलाई सुरक्षा टोलीले चारैतिरबाट घेरेर राखेका छन्। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App