समाज

स्कुटर चालकको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका–६, घलाते चोकमा शनिबार बिहान स्कुटर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

प्रहरीका अनुसार अनियन्त्रित भई स्कुटर पल्टिँदा चालकको मृत्यु भएको हो। काठमाडौंबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ९५प३३१८ नम्बरको स्कुटर पल्टिँदा चालक सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोक लिसंखुपाखा–२ का २६ वर्षीय रञ्जीव लामाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक लामाको उपचारका क्रममा मृत्यु भएको भक्तपुर महानगरीय प्रहरी परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जनाए। स्कुटरको पछाडि बसेका रामेछापको सुनपती–४ घर भएका २३ वर्षीय पासाङ तामाङ भने घाइते भएका छन्। उनको उपचार भक्तपुरस्थित मध्यपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:०९ आइतबार

सूर्यविनायक_नगरपालिका दुर्घटना