समाज

एक क्वीन्टल बढी चरेस बरामद, दुई जना पक्राउ

धादिङ्ग - धादिङ्ग प्रहरीले एक क्वीन्टल बढी चरेस बरामद गरेको छ। काठमाडौंबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट प्रहरीले १ सय ५ किलो चरेस बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीद्धारा खटिएको प्रहरी टोलीले खानतलास गर्दा यात्रुवाहक बसबाट उक्त चरेस बरामद गरेको छ। 

बसका चालक वीरगञ्ज–८ का लालबहादुर शाह, बाराको करैयामाइ गाउँपालिका-७ का अनिल चौधरी र विन्दवासिनी गाउँपालिका३ का श्रीराम साहलाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:२४ आइतबार

चरेस पक्राउ