समाज

टयाक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही - सर्लाहीको बागमती नगरपालिकामा टयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। बागमती नगरपालिका–१२ स्थित क्षेत्रीय सडकमा लु २ त ३३४३ नम्बरको ट्याक्टर पल्टिँदा सोही टयाक्टरका चालक यज्ञबहादुर बुढाथोकीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्मैयास्थित एक क्लिनिकमा लगेपनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो। तीव्र गतिका कारण घुमाउरो सडकमा नियन्त्रण गुमाउँदा टयाक्टर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ। 

प्रकाशित: २५ फाल्गुन २०७५ ०८:२१ शनिबार

सर्लाही टयाक्टर चालक