रुकुम - रुकुम(पश्चिम)बाँफिकोट गाउँपालिकामा भीरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ।
गाउँपालिका ८ दुलीका ५० वर्षीय कालीबहादुर बाँठाको मृत्यु भएको हो। दुली घरबाट लाभा भन्ने ठाउँमा जाँदै गर्दा बिहीबार राति पानीगैरा भीरबाट उनी लडेका प्रहरीले जानकारी दिएको छ।
बिहीबार राति भीरबाट लडेका बाँठालाई शुक्रबार बिहान मात्र स्थानीयले फेला पारेका थिए। बाटोभन्दा करिब एक सय मिटर तल अडिएको अवस्थामा उनी फेला परेका वडाध्यक्ष मनबहादुर खत्रीले जानकारी दिए।
बाँठाले रुकुम (पूर्व)को सिस्ने गाउँपालिका ३ पोखरामा रहेको जनता माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए।
प्रकाशित: २४ फाल्गुन २०७५ १४:०८ शुक्रबार