समाज

रुखले च्यापेर एक जनाको मृत्यु

रुकुम –  रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा रुखले च्यापेर एक जनाको मृत्यु हुनुका सथै अर्का एक जना घाइते भएका छन्।

नगरपालिका–५, रिम्काका ६८ वर्षीय भागिराम बस्नेतको विहीबार बिहान रुखले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ। जलिगाडको जंगलमा रुख काट्ने क्रममा रुखले च्यापि“दा घाइते भएका बस्नेतको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए। 

रुखले च्याप्दा सोही स्थानका ३५ वर्षीय जनक विक घाइते भएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिएका छन। उनको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। घाइते विकको अवस्था सामान्य रहेको छ। उनको टाउँको र शरिरका विभिन्न ठाउँमा चोट लागेको बताइएको छ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ १०:५२ बिहीबार

रुकुम रुख च्यापेर मृत्यु