समाज

चितुवाको बच्चा फेला

नियन्त्रणमा लिइएको चितुवाको बच्चा ।    तस्बिरः बिरा/बैतडी

बैतडी – दशरथचन्द नगरपालिका–५ बस्कोटमा चितुवाको बच्चा फेला परेको छ। बिहीबार बिहान बाख्रा गोठमा आएको चितुवाको बच्चालाई  स्थानीय प्रताप टमाटाले जिउँदै समातेर वन डिभिजन कार्यालय बैतडीलाई बुझाएका हुन्।

स्थानीयले नियन्त्रणमा लिएको करिब डेढ–दुई महिनाको चितुवाको बच्चालाई कार्यालयमा ल्याइएको निमिक्त डिभिजन वन अधिकृत रामकुमार चौधरीले बताए। नियन्त्रणमा लियएको चितुवाको बच्चालाई फेला परेको ठाउँ नजिकै रहेको जंगलमा छोडने तयारी भएको वन कार्यालयले जनाएको छ।

बैतडीमा २–३ महिनायता चितुवा मृत तथा पासोमा परेर मर्ने गरेका छन्।  बाली जोगाउन र जंगली जनावर सिकार गर्न थापेका पासोमा चितुवा पर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ। पाँच वर्षयता मात्रै करिब एक दर्जन बढी चितुवा पासोमा परी मारिएका छन्। ६ वर्षयता जिल्लाको तल्लोस्वराड क्षेत्रमा चितुवाले आक्रमण गरी २३ जनाले  ज्यान गुमाएको वन कार्यालयको तथ्यांक छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०९:५५ बिहीबार

बैतडी चितुवा बच्चा