समाज

गाउँपालिका नजिकै बम फेला

गाउँपालिका नजिकै भेटिएको सुतली बम ।

रोल्पा – रोल्पाको त्रिबेणी गाउँपालिका नजिकै बिहीबार दिउँसो बम फेला परेको छ। झोलामा दुईवटा सुतली बम देखिएको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।

‘केटा केटीले झोला खेलाउँदा बम देखेपछि बजारमा खबर गरेछन अनी मात्र थाहा भयो’, अध्यक्ष वलीले भने, ‘गाउँपालिका कार्यालयको पश्चिम–उत्तरतर्फ करिब ७० मिटरको दुरीमा प्लाष्टिकको झोलामा बम भेटिएको हो।’

रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काका अनुसार गत मंगलबार गाउँपालिकाको गाडी तोडफोड गर्ने समुहले भाग्ने बेलामा बम खसालेको हुन सक्ने बताए। सामान्य खालको सुतली बम भएका कारण उक्त बम प्रहरीले लिएर गएको छ। रोल्पामा केहिदिन यता अज्ञात समूहले स्थानीय सरकार लक्षित आक्रमण गर्दै आइरहेको छ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०८:०५ बिहीबार

गाउँपालिका बम