समाज

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

धनगढी - धनगढी प्रहरीले  २ किलो ३ सय ग्राम सुन बरामद गरेको छ। उक्त सुनसहित सोही ठाउँका एक व्यापारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार राति कैलालीको चिसापानीमा चेकजाँचका क्रममा  उक्त सुनसहित धनगढीका व्यापारी रमेशकुमार शैँजुलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए।  उनका अनुसार शैँजुसँगै गाडीमा रहेकी एक महिलालाई पनि सोधपुछका लागि पक्राउ गरिएको छ ।

उनले भने,‘ शैँजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिएको तर एक किलो सुनको बिल भने भेटिएको छैन्।’

बरामद सुनकाे बजार मूल्य १ कराेड १९ लाख ६६ हजार ६ सय ४० रूपैयाँ रहेकाे छ।  शैजुले काठमाडौँबाट सुन खरिद गरेर ल्याएको दावी गरिरहेको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख तिमिल्सेनाले घटनाको पूर्ण विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताए।

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:०५ बिहीबार

धनगढी सुन ब्यापारी पक्राउ