समाज

बस्तीमा बाघ पसेपछि टीकापुरमा त्रास

टीकापुर – बस्तीमा बाघ पसेपछि कैलालीको टीकापुरमा त्रास बढेको छ। टीकापुर नगरपालिका–१, ब्लक नम्बर ९ मा बिहीबार बिहानै बाघ देखिएको छ। स्थानीय गोपाल साउँदका अनुसार गणेश मन्दिर नजिकै बाघ देखा परेको हो।

बस्तीमा पसेको बाघले आक्रमण गर्दा ट्राफिक प्रहरी देविभक्त धिताल र स्थानीय बालक सम्राट शाह घाइते भएका छन्। अहिले बाघ स्थानीय बासिन्दाको अरहर बारीमा बसेको छ। प्रहरीले बाघ बसेको ठाउँलाई घेरा हालेर राखेका छन्।

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट नेपाल सेनाको टोली बोलाएको जानकारी दिए।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०५:५० बिहीबार

टीकापुर बाघ