समाज

भारतले ७२ शैक्षिक संरचनाकोे पुनर्निर्माणमा प्राविधिक सहयोग  गर्ने

भिडियो : दिपेन्द्र रोक्का

काठमाडौं – भारत सरकारले नेपालमा भूकम्पछि क्षति भएका ७० स्कुल र २ पुस्तकालय गरि ७२ शैक्षिक संरचना पुनर्निमाणकोलागि काम अघि बढाएको छ। नेपालस्थित भारतीय राजदूतावासले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालको गोर्खा,नुवाकोट,धादिङ, दोलखा, काभ्रैपलाञ्चोक, रामेछाप तथा सिन्धुपलाञ्चोकका गरी  ७ जिल्लाको ७० माध्यामिक विद्यालय (कक्षा ११ र १२) र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटनमा रहेको राष्ट्रिय पुस्तकालय पुनर्निमाण्कोलागि समझौता गरेको छ। 

बुधबार राजधानीमा राजदुतावासले एक कार्यक्रम आयोजना गरि यी शैक्षिक संस्थाहरुको  पुनर्निमाणकोलागि दूतावास र द सेन्ट्रन्सल बिल्डीङ रिसर्च इनस्टीच्युट (सिबीआरआई), रोरकी  ,इन्डीया बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौता पत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावास नियोग उप–प्रमुख डा। अजय कुमार तथा सिबिआरआइ तर्फबाट प्लानिङ एन्ड बिजनेस डेभलपमेन्ट गु्पका डा। पुणिर्पमा परिदाले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा नेपालकाागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको उपस्थित रहेको थियो। 

सिविआरआइले गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० वटा उच्च माध्यमिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटन स्थित राष्ट्रिय पुस्तकालयको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यस्वस्थापन परामर्श सेवा प्रदान राजदूत पुरीले बताए।  सिबिआरआईले नेपाल सरकारको विपद् उत्थानशील पुनर्निर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुनर्निर्माण/रेट्रोफिट गर्न शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गर्नेछ।

सोही कार्यक्रममा  भारतीय राजदूतावास, काठमाडौं पुनर्निर्माण प्रभागका प्रमुख सुचिता किशोर तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक इमा नारायण श्रेष्ठले गोर्खा तथा नुवाकोटका आठ विद्यालयलको परियोजना–विशिष्ट सम्झौता पत्रमा हस्ताक्षर गरे।

निर्देशक श्रेष्ठले आठ विद्यालयकोलागि भारत सरकारको ५ अर्व लगानी तय भएको जनाए। सिबिआरआई आश्रय योजना, निर्माण सामग्री, संरचना तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशालाको रुपमा परिचित छ। 

प्रकाशित: २२ फाल्गुन २०७५ ०९:२६ बुधबार

भारत शैक्षिक_संरचना पुनर्निर्माण