समाज

ट्रक दुर्घट्नामा बालकको मृत्यु

उदयपुर –  उदयपुरको कटारिमा बुधबार ट्रक दुर्घट्नामा परि एक बालकको ज्यान गएको छ। कटारी बजारको अस्पताल चोकमा ना ४ ख ८८९८ नं को ट्रकले किचेर  ५ बर्षिय मौसम राईको मृत्यु भएको हो।

कटारिदेखी सिमेन्ट बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको ट्रकले विहान ११:३० बजे किच्दा कटारी ५  खाडिखोपका बालकको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्याााय कटारिले जनाएको छ। बालकको मृत्युपछि कटारी बजार तनावग्रस्त बनेको छ।
 
प्रहरीले  ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुब श्रेष्ठले बताएका छन।

प्रकाशित: २२ फाल्गुन २०७५ ०७:३६ बुधबार

उदयपुर ट्रक_दुर्घट्ना बालक मृत्यु