समाज

दोब्बरले बढ्यो सिन्धुली अस्पतालको टिकट शुल्क

सिन्धुली – आर्थिक स्रोत अभाव भएको भन्दै जिल्ला अस्पताल सिन्धुलीले बिरामी पुर्जाको मूल्य दोब्बर बढीले बढाउने भएको छ।

अस्पतालमा पर्याप्त सेवा सुविधाका लागि विशेषज्ञ चिकित्सकको अभाव भएको र थप विशेषज्ञ चिकित्सक व्यवस्थापन तथा हाल जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई अतिरिक्त पारिश्रमिक व्यवस्था गर्न मूल्य बढाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ। 
अस्पताल विकास समिति तथा सर्वपक्षीय भेलाबाट ओपीडी र इमरजेन्सी टिकटको मूल्य बढाइने भएको हो। अस्पतालमा आयस्रोत न्यून भई अस्पताल चलाउनै मुस्किल भएको अस्पतालले जनाएको छ।

अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलका अनुसार हाल कायम ओपीडी टिकट २० रुपैयाँबाट ५० रुपैयाँ पु¥याइने छ। यस्तै इमरजेन्सी टिकट शुल्क ४० एक सय रुपैयाँ पु-याइएको छ। वृद्धि भएको शुल्क चैत १ गतेबाट लागु हुने अस्पतालले जनाएको छ।  

 

प्रकाशित: २१ फाल्गुन २०७५ १०:४३ मंगलबार

सिन्धुली आर्थिक_स्रोत इमरजेन्सी विशेषज्ञ_चिकित्सक