समाज

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

काठमाडौं – पाकिस्तानी दूतावासले निबन्ध लेखन तथा वक्तृत्व कला प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरेको छ। बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा डा. डम्बरबहादुर नेपालीले पुरस्कृत प्रतिभालाई पुरस्कार वितरण गरेका हुन्।

निबन्ध लेखनमा मल्लिका हुमागार्इं, स्प्रिहा बराल र अनिता राई पुरस्कृत भए भने वक्तृत्वकलामा रोशन नेपाल, सुनिका अधिकारी, उरुषा केसी र मनिता गुरुङ पुरस्कृत भए। विजेताहरुलाई पदकसहित क्रमसः ५० हजार, ४० हजार, २५ हजार र ५ हजार रुपैयाँ प्रदान गरियो।

प्रकाशित: २१ फाल्गुन २०७५ ०३:३५ मंगलबार

पाकिस्तानी_दूतावास पुरस्कार