समाज

रामेछापमा माइक्राे दुर्घटना हुँदा एककाे मृत्यु

रामेछाप - रामेछापको सदरमुकाम मन्थलीबाट मालुखोला जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका १ आकाशेपुल नजिक बा १ ज ९९०१ नम्बरको माइक्रो बस दुर्घटना हुँदा मुस्ताङ घर भएका ४५ वर्षीय रामप्रसाद तुलाचनको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै दुर्घटनामा परी मन्थली २ घर भएकी २० वर्षीया अञ्जना खड्का गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। माइक्रो बसका चालकलाई भने प्रहरीले घाइते भएको अवस्थामा आफ्नो नियन्त्रणमा लिएको छ। उनले गाडी अनियन्त्रित भएको कारण दुर्घटना हुन पुगेको बताएका छन्। गाडी सडकबाट करिब एक सय मिटर तल तामाकोशी किनारामा खसेको थियो।

 

प्रकाशित: २० फाल्गुन २०७५ १४:१४ सोमबार

रामेछाप बस_दुर्घटना मृत्यु