समाज

पोखरीमा डुवेर बालकको मृत्यु

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सुडालस्थित जय महेश्वरी इँटा भट्टामा बनाएको पोखरीमा डुवेर सोमबार एक बालकको मृत्यु भएको छ। काभ्रे जिल्ला बेथान चोक गाउँंपालिका ३ घर भई हाल सोही इँटा भट्टामा काम गर्ने मानसिंह तामाङका साढे २ वर्षीय छोरा अनिस तामाङको पोखरीमा डुबेर मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार पोखरीमा डुबेर घाइते भएका उनको थप उपचारका लागि आर्दशस्थित सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

 

प्रकाशित: २० फाल्गुन २०७५ १२:१२ सोमबार

इँटा_भट्टा पोखरी मृत्यु