समाज

प्यारासुट अनियन्त्रित हुँदा एक सैनिक घाइते

काठमाडाैँ - प्यारासुट जम्पिङका क्रममा प्यारासुट अनियन्त्रित हुँदा नेपाली सेनाका एक सैनिक घाइते भएका छन्। प्यारासुट उडाउने क्रममा सेना घाइते भएकाे नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।

राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि नाम नखुलेका ती सैनिक सिधै आकाशबाट जमिनमा खसेका थिए।  उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०६:३३ सोमबार

प्यारासुट सैनिक नेपाली_सेना घाइते