समाज

घुस लिने नासु ढकबहादुर पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा नायबसुब्बा ढकबहादुर कार्कीलाई पक्राउ गरेको छ।

मालपोत कार्यालय, जलेश्वरमा कार्यरत कार्कीलाई जग्गा नामसारी गर्न सर्जिमन मुचुल्काबापत सेवाग्राहीसँग १० हजार घुस लिइरहेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको हो। अख्तियारका अनुसार कार्कीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: १८ फाल्गुन २०७५ ०२:०५ शनिबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग ढकबहादुर_कार्की घुस पक्राउ