समाज

एन्टी-डम्पिङ तथा काउन्टरभेलिङ ऐन ल्याउँदै सरकार

काठमाडौं– अत्याधिक आयातका कारण स्वदेशी उद्योगमा हुन गएको गम्भीर नोक्सानी रोक्न सरकारले सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ ऐन ल्याउने भएको छ। अनपेक्षित रूपमा आएको आयातबाट स्वदेशी उत्पादनलाई जोगाउन सरकारले उक्त ऐनको मस्यौदा संघीय संसद्मा पेस गरेको हो। 

ऐन पारितपछि स्वदेशी उत्पादनलाई असर पु-याउने तथा एन्टी डम्पिङ गर्ने वस्तु आयात गर्न पाइने छैन। नेपाली उत्पादनलाई सुरक्षा प्रदान गर्न सरकारले यस्ता वस्तु आयातमा महँगो शुल्कसमेत लगाउन सक्ने छ। 

प्रकाशित: १३ फाल्गुन २०७५ १२:१९ सोमबार

एन्टी-डम्पिङ स्वदेशी_उद्योग आयात ऐन