समाज

बस र माेटरसाइकल जुध्दा २ जनाकाे मृत्यु

दुलेगौँडा(तनहुँ) - तनहुँमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार व्यास नगरपालिका–१२ घाँसीकुवामा पोखराबाट सुनौली जाँदै गरेको ग१ख ४७८० नम्बरको यात्रुवाहक बस र डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना३९प ९५३८ नम्बरकोे मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार गोरखाका २१ वर्षीय माधव दराई र पर्साका १६ वर्षीय सुरज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। दराईको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।  ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७५ १३:०२ शनिबार

तनहुँ सवारी_दुर्घटना