समाज

डेजाभूका तीन सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडाैं - दरवारमार्गस्थित क्लब डेभाजुका तीन जना सञ्चालकहरु बिहीबार राती पक्राउ परेका छन्। केही समयदेखि फरार रहेका क्लबका सञ्चालकहरु प्रवीण श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शीलाकारलाई ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको हो। क्लबमै आबद्ध मनोज श्रेष्ठ भने अझै फरार रहेका छन्। पक्राउ परेकाहरुमाथि प्रहरीले बैंकिङ कसुर तथा ठगी मुद्धामा अनुसन्धान भैरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन्। 

प्रकाशित: १० फाल्गुन २०७५ ०७:२० शुक्रबार

दरवारमार्ग डेभाजु पक्राउ