समाज

रहेनन् साहित्य अन्वेषक

काठमाडौं – नेपाली साहित्यका अन्वेषक, संकलनकर्ता, विभिन्न पुस्तकका सम्पादक र लेखकका रूपमा परिचित शिव रेग्मी अब रहेनन्। बुधबार दिउँसो उनको निधन भएको रेग्मी सम्बद्ध स्रोतले जनाएको छ। 

मधुमेह र उच्च रक्तचापबाट पीडित भए पनि उनको अवस्था खासै चिन्ताजनक थिएन। मस्तिष्कघातका कारण उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। ७८ वर्षे रेग्मीको बुधार चिनी र उच्च रक्तचापबाट पीडित भएपनि खासै कुनै समस्या नभएकोले ब्रेनहेमरेजका कारण उनको निधन भएको अस्पतालले पुष्टी गरेको छ। रेग्मीको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

पत्रपत्रिका र पुस्तक संकलनदेखि सम्पादनमा समेत उल्लेखनीय योगदान गरेका रेग्मीको ‘नेपालमा आम सञ्चारको विकास’ नामक पुस्तक प्रकाशित छ। त्यस्तै उनी ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टिः दृष्टिकोण’ आदि पुस्तकका सम्पादक पनि हुन्। रेग्मीलाई मदन पुरस्कार गुठीले २०७० सालको जगदम्बा श्री पुरस्कारले सम्मान गरेको थियो।

प्रकाशित: ९ फाल्गुन २०७५ ०२:०३ बिहीबार

शिव_रेग्मी नेपाली_साहित्य निधन