समाज

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु, एक घाइते

ताप्लेजुङ– फुङ्लिङमा मंगलवार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्।

दुर्घटनामा मोटरसाइकलमा सवार इलाम घर भइ सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ बर्षीया सृजना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए। उनका अनुसार घाइते मोटरसाइकल चालक पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङ निवासी २६ बर्षीय अमिर बर्देवाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको छ। 

सृजना मोटरसाइकलको पछाडि बसेकी थिइन्। अमिरले चलाएको मोटर साइकल तमोर एफएमको अगाडिबाट अनियन्त्रित भई करिव १५ मिटर तल सडकमा खसेको थियो। 

प्रकाशित: ७ फाल्गुन २०७५ १०:०७ मंगलबार

मोटरसाइकल_दुर्घटना महिला घाइते